२५ बैशाख २०८१, मंगलवार

फेरि नेपालमा कोरोनाको संक्रमण दर बढ्यो, आज मात्र ९ सय ६८ संक्रमित थपिए

Corona Dischargde

नेपालमा कोरोना सङ्क्रमणको दर फेरि बढेको छ । आज मात्रा कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ९ सय ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यसअघि हिजो देशभरि ५ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो । यो साताको पहिलो दिन गत पुस १८ गते आइतबार २ सय १६ जनामा संक्रमण पुष्टि भएको थियो । 

१४ हजार ९ सय ७१ जनाको नमुनाको परीक्षण गर्दा आज ९ सय ६८ मा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

यसैगरी आजै २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन समेत पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

यसैगरी सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थालेपछि सबै अस्पतालहरूलाई अक्सिजन लगायतका आवश्यक अन्य सामग्रीसहित तयारी अवस्थामा रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । 

गएको २४ घण्टामा २ सय ६२ जना संक्रमण मुक्त भएका छन् । 

यसैगरी देशभरि ५ हजार ७ सय ४१ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।