१७ बैशाख २०८१, सोमबार

भिडियोसहित- फुलन्देकी आमा (उमेश राई ) ले भने: मुन्द्रेको कमेडी क्लब’बाट फेरि खबर आएन

jitu nepalfulandeko aama

चर्चित हास्य टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको केहि एक महिना अघि बन्द भयो । यस कार्यक्रमका कलाकार उमेश राईले अर्का कार्यक्रम गर्ने भन्दै अलग्गिएपछि यो शो बन्द हुन पुग्यो ।

‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुनाको पछाडि उक्त शोका प्रमुख पात्र मध्येका एक उमेश राई अर्थात ‘फुलन्देको आमा’ भएको चर्चासमेत चलेको थियो ।

दर्शकमाझ फुलन्देकी आमा बनेर अभिनय गरेका उमेशले आफुलाई धोका दिएको भन्दै जितु नेपालले शो बन्द गरेको घोषणा गरेका थिए । एउटै गेटअपमा अर्को ‘डान्स च्याम्पियनसिप’ नामक रियालिटी शोको होस्टका रुपमा गएपछि जितुले चल्दै गरेको ‘मुन्द्रेको कमेडी क्लव’ बन्द गरे ।

यि दुईको मनमुटावको चर्चा नसकिदै अहिले त्यहि शोलाई नयाँ स्वरुपमा दर्शकमाझ ल्याउने तयारीमा कलाकार जीतु नेपाल जुटेका छन् । केहि दिन अघि मात्रै आफुले यहि ‘मुन्दे्रको कमेडी क्लव नयाँ स्वरुपमा ल्याउन लागेको बताएका थिए । उनले टेलिभिजनसँग छलफल भइरहेको बताएका थिए । यो शोलाई दिनेश डीसीले निर्देशन गर्दैछन् ।

मुन्द्रेको कमेडी क्लवबाट चर्चामा आएका कलाकार उमेश राई ‘फुलन्देकी आमा’ अहिले ‘डान्स च्याम्पियनसिप’ नामक रियालिटी शोको पनि होस्ट गरिरहेका छन् । उनी यता आएपछि उनको चर्चा सेलाउनुको साथै यो शोले दर्शकको अपेक्षाकृत साथ पाउन सकेको छैन । दर्शकको चाहाना अनुरुप शो मन नपराइदिएपछि उमेश अलमलमा परेका छन् । उनलाई नयाँ जितुको रियालिटी शोमा समेत अफर नआएपछि उमेश अर्को कमेडी शोमा भित्रिएका छन् ।

बुधबार काठमाडौमा भएको नयाँ कमेडी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’को कार्यक्रममा भेटिएका उमेशले ‘मुन्द्रेको कमेडी क्लब’ नयाँ स्वरुपमा आउन लागेको विषयमा आफुलाई जानकारी नभएको बताए । पत्रकारहरुले जितुले नयाँ कमेडी क्लव ल्याउन लागेको र अफर आयो कि आएन या तपाईले बाइ बाई गरेको हो भन्ने प्रश्न गरेका थिए । उनले जवाफमा आफुले मुन्द्रेको कमेडी क्लवलाई कहिलै बाईबाई नगरेको र नगर्ने बताए ।

उनले भने ,‘मैले मुन्द्रेको कमेडी क्लवलाई कहिलै बाईबाई गरेको छैन र गर्दिन पनि । त्यो शो बन्द भएको पनि मेरो कारणले हो जस्तो लाग्दैन । त्यति ठुलो कम्पनी मेरो कारणले कसरी बन्द हुन सक्छ । मैले भ्याइन भने बेग्लै कुरो हुन्थ्यो । त्यो चल्नुपथ्र्यो जस्तो लाग्थ्यो । र मैले बाईबाई पहिला पनि भनिन ल अहिले पनि भन्दिनँ ।’ मलाई अहिलेसम्म यो विषयमा कुनै पनि खबर आएको छैन । खबर आएको त राम्रो हो नि ।’

अहिले फ्लपको टोकरीमा पुगेको ‘डान्स च्याम्पियनसिप’मा अपेक्षाकृत नतिजा नपाएको विषयमा उनले भने, ‘मैले आफ्नो शतप्रतिशत नै दिइरहेको छु । अरु मलाई थाहा भएन ।’ आफ्नै टिम खडा गरेका जितु नेपालले आफुलाई नयाँ मुन्द्रेको कमेडी क्लवमा अफर नगरेको समेत बताए । उनले भने, ‘मलाई अहिलेसम्म यो विषयमा कुनै पनि खबर आएको छैन । खबर आएको त राम्रो हो नि ।’

    सम्बन्धित समाचार...