१४ बैशाख २०८१, शुक्रबार

सञ्चार माध्यमहरूमा आए जस्ताे मेराे विभिन्न संघ संस्थामा संलग्नता छैन : आरजु राणा देउवा

Arzu Rana Deuba

आरजु राणा देउवाले सञ्चार माध्यमहरूमा आए जस्ताे आफ्नाे विभिन्न संघ संस्थामा संलग्नता नभएकाे बताउनु भएकाे छ ।

सामाजिक सञ्जाल मार्फत एक विज्ञप्ति सार्वजनिक गर्दै उहाँले संचार माध्यमहरुमा विभिन्न संघ संस्थाहरुमा मेरो संग्लनता भएको भनेर समाचारहरु आएकोमा मेरो ध्यानाकर्षण भएको छ जनाउनु भएकाे छ ।

नारायणहिटी संग्रहालयमा रेस्टुरेन्ट ठेक्का लिएकाे बतास समूहसँग जाेडेर समाचारहरू आएपछि उहाँले साे विज्ञप्ति जारी गर्नु भएकाे हाे ।

आरजुको संलग्नता रहेको उल्लेख गरेका संस्थाहरु

१. ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक), नेपाल 
(संस्थापक अध्यक्ष तथा सल्लाहकार)
२. साथी, नेपाल   (संस्थापक, पूर्व अध्यक्ष तथा सल्लाहकार)
३. सुरक्षित मातृत्व  संजाल  महासंघ   ( संस्थापक एवं वर्तमान अध्यक्ष)
४. नामी (अध्यक्ष)
५. उल्लेन्स  स्कुल (अध्यक्ष, बिद्यालय व्यवस्थापन समिति) 
६. ब्लड डोनर्स एसोसिएसन अफ नेपाल (संरक्षक)

Capture 3