८ बैशाख २०८१, शनिबार

सभापति देउवाको एकलौटी मनोमानी बढेको कोइराला पक्षको निष्कर्ष, महाधिवेशनको समीक्षा गर्न बैठक आह्वान

dr shekhar koirala
फाइल फोटो

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा पराजित नेता शेखर कोइरालाले आफूनिकट नेतालाई छलफलमा बोलाउनुभएको छ ।

कोइरालाले आज दिउँसो २ बजे सिंहदरबारअगाडि बसेरा होटलमा आफू निकटका नेताहरुको बैठक राख्नुभएको उहाँको सचिवालयले जनाएको छ । बैठकमा महाधिवेशनको विस्तृत रूपमा समीक्षा गर्ने कोइरालाको योजना रहेको बताइएको छ ।

यसअघि मंगलवार पनि कोइरालाले आफू पक्षका नेताहरूसँग छलफलमा गर्नुभएको थियो ।

सभापति देउवा एकलौटी हिसावले अगाडि बढ्न खोजेको र ४० प्रतिशत मत ल्याएका कोइरालालाई शक्तिका रूपमा स्वीकार गर्न नखोजेको देखिएकोले छलफल गर्नुपर्ने अवस्थामा आफूहरू पुगेको कोइराला पक्षका नेताहरू बताउँछन्।

सभापति देउवाले पदाधिकारीमा हारेका आफूपक्षका नेता केन्द्रीय समितिमा समेट्दा कोइराला पक्षका एक जना पनि नेताहरू परेका छैनन्। ३३ मध्ये देउवाले १३ जना मनोनित गरिसक्नुभएको छ ।