११ बैशाख २०८१, मंगलवार

कांग्रेस सिरहाका सभापतिलाई ‘गोली हान्ने धम्की’ दिएका एसपी पाण्डे निलम्बित

SP Hira bdr Pande

नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएको आरोप लागेका प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डे ३ महिनाका लागि निलम्बनमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयले छानबिनका लागि एसपी पाण्डेलाई निलम्बन गरिएको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिए ।

६ महिनाअघि सिरहा प्रहरी प्रमुखको जिम्मेवारी पाएका एसपी पाण्डेलाई ३ दिनअघि प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर सरुवा गरेको थियो । यसको दोष कांग्रेस सिरहाका जिल्ला सभापति यादवलाई लगाउँदै उनले घरमै गएर गोली हानेर मार्ने धम्की दिएका थिए ।

कांग्रेस सिरहाका सभापति यादवले आफ्नो घरमै आएर पाण्डेले गोली हान्ने धम्की दिएको दाबी गरेका थिए । उनले विज्ञप्ति नै जारी गरेर यही पुस १८ गते राति १ः२५ बजे मादकपदार्थ सेवन गरेर पेस्तोल देखाएर आक्रमणको प्रयास गरिएको आरोपसमेत लगाएका छन् ।

सिरहा प्रहरी प्रमुखको जिम्मेवारी भने एसपी अर्जुन तिमल्सिनालाई दिइएको छ ।

    सम्बन्धित समाचार...