७ बैशाख २०८१, शुक्रबार

आफू निकट नेतासँग छलफल गर्दै कांग्रेस नेता कोइराला

Shekhar Koirala
फाइल फोटो

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू निकटका नेतालाई छलफलका लागि बोलाउनुभएको छ ।

भर्खरै सकिएको १४ औं महाधिवेशनको समीक्षा गर्न आफू निकटका नेतासँग उहाँले छलफल गर्न लाग्नुभएको हो । छलफलका लागि दिउँसो २ बजे काठमाडौंको एक होटलमा नेताहरुलाई बोलाइएको छ ।

यसअघि हिजो पनि कोइराला पक्षका नेताहरुले छलफल गरेका थिए । सभापति शेरबहादुर देउवालाई गुट उपगुटभन्दा माथि उठेर काम गर्न सुझाव दिँदै आउनुभएका नेता कोइरालाले पार्टीभित्र आफूले ४० प्रतिशत मत ल्याए पनि भागबण्डा नखोज्ने बताउनुभएको थियो ।

देउवाले हालै १३ जना केन्द्रीय सदस्य मनोनीत गर्दा गुटलाई प्रश्रय दिएको आरोप लागेको छ ।