८ बैशाख २०८१, शनिबार

(सूचीसहित) राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ४३ जनाको उम्मेदवारी

Election Commission Nepal

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ४३ जनाको उम्मेदवारी परेको छ । राष्ट्रियसभा सदस्य चयनका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।

प्रदेश १, २ र वागमतीमा त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा द्विपक्षीय प्रतिस्पर्धा हुने निर्वाचन आयोगले जनाएको छ ।

सातवटै प्रदेशबाट ४३ जनाले उम्मेदवारी दर्ता निर्वाचन आयोगले जनाएको छ । जसमा नेकपा (एमाले)बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र)बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जना उममेदवार रहेका छन् ।

निर्वाचन आयोगका अनुसार उम्मेदवारको नाममा दावी विरोधका लागि पुस २१ गते बिहान १० बजेदेखि ४ बजेसम्मको समय छुट्याइएको छ । २२ र २३ गते उजुरीउपर छानविन हुने, २३ गते नै उम्मेदवारको नाम प्रकाशन हुनेछ भने २४ गते उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिनको लागि समय दिइएको आयोगले जनाएको छ । २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

उम्मेदवारको सूची

download 63
National assembly election 1 63

    सम्बन्धित समाचार...