१५ बैशाख २०८१, शनिबार

६ दशमलव ३ म्याग्निच्युडको भूकम्पकाे धक्का

earthquake1

जापानको टोकियो प्रिफेक्चरको ओगासावारा टापुमा भूकम्पकाे धक्का महसुस भएकाे छ । जापान मौसम विज्ञान निकाय (जेएमए) का अनुसार मङ्गलबार ६.३ म्याग्निच्युडको भूकम्प गएको हाे ।

स्थानीय समय अनुसार बिहान ६ बजेर ९ मिनेटमा भूकम्पकाे धक्का महसुसु भएकाे जएमएले जनाएकाे छ ।

भूकम्पको केन्द्रबिन्दु २७.१ डिग्री उत्तर अक्षांश र १४२.५ डिग्री पूर्व देशान्तरमा र ७० किलोमिटर गहिराइमा रहेकाे समाचारमा जनाइएकाे छ ।

जापानको भूकम्पीय तीव्रताको मापनमा ओगासावारा टापुका केही भागमा पाँच माथिल्लो तहको भूकम्प गएको थियो जुन सात रिक्टरको छ।

अहिलेसम्म सुनामीको चेतावनी जारी नगरिएकाे र जनधनकाे क्षतिबारे कुनै समाचार प्राप्त नभएकाे जापानका सञ्चारमाध्यमहरूले जनाएका छन् ।