८ बैशाख २०८१, शनिबार

ओमिक्रोन सङ्क्रमणलाई बढ्न नदिन थप सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

helth ministry office nepal

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ भेरियन्ट सम्बन्धी थप सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले आज सात वटै प्रदेश स्वास्थ्य निर्देशनालय र सबै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्र लेख्दै ओमिक्रोन सङ्क्रमणलाई बढ्न नदिन जनस्वास्थ्यका मापदण्डहरूको पूर्ण पालना गर्न गराउन, जोखिम क्षेत्रहरू (हटस्पट) पत्ता लगाई परीक्षणको दायरा बढाउन अनुरोध गरेको छ ।

सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सीमानाबाट प्रवेश गर्ने यात्रुहरूको परीक्षण, खोप लगाउन छुटेकाहरुलाई लक्षित वर्गलाई खोप लगाउन र आइसोलेसन तथा क्वारीनटाइनमा रहेकालाई निगरानी गर्न समेत आग्रह गरिएको छ ।