१५ चैत्र २०८०, बिहीबार

साँढे भन्दै पर्यटन बोर्डका सीइओलाई गाली गरेपछि मन्त्री आले फेरि भाइरल

IMG 20211231 183545

मन्त्री, सचिव तथा उच्च अधिकारीहरुको आ–आफ्नै मर्यादा हुन्छन् । तर, नेपालका मन्त्रीहरु तल्लोस्तरका शब्द प्रयोग गर्न पछि पर्दैनन् ।

त्यसैको उदाहरण बनेका छन्, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले । उहाँ यतिबेला नेपाल पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मीलाई साँढे भन्दै व्यक्तिगत गालीगलौजमा उत्रिएर भाइरल नै बन्नुभएको छ ।

नेपाल पर्यटन बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित एक कार्यक्रममा मन्त्री आलेले पर्यटन बोर्डका सीइओ डाक्टर धनञ्जय रेग्मीलाई मञ्चबाटै गालीगलौच गर्नुभयो । यति मात्र होइन, आलेले बोर्डको कार्यक्रम सक्किए लगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरणको वार्षिकोत्सवको कार्यक्रममा पनि रेग्मीको आलोचना गर्न छोड्नुभएन ।

यतिसम्मकी रेग्मीले सर्टिफिकेट चोरेको आरोप नै लगाउन भ्याउनुभयो । कोरोनाले शिथिल बनेको पर्यटन क्षेत्र उकास्न आफूले के गर्नुपर्छ र के गर्दैछु भन्नेमा भन्दा मन्त्री आले अरु कसैको व्यक्तिगत जीवनमा प्रवेश गरेर आलोचना गरेर आफ्नै अनुहार अँध्यारो पारिरहनु भएको छ ।

आलेको तल्लोस्तरको शब्द यतिसम्ममा सीमित रहेको छैन । उहाँले त कसले मदिरा सेवन गर्छ, कसले गर्दैन भन्दै तुच्छ टिप्पणी पनि गर्दै हिड्नुभएको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नेकपा एकीकृत समाजवादीका तर्फबाट आले मन्त्री हुनुहुन्छ । मन्त्री भएलगतै गत असोज २४ गते उहाँकै पार्टी अध्यक्ष माधवकुमार नेपालले असल संस्कार र आचरण अबलम्बन गर्न निर्देशन दिनुभएको थियो ।

तर, आफ्नै अध्यक्षको निर्देशन समेत नमानेर आलेले वक्तव्यबाजी गर्दै आउनुभएको छ । उहाँ पहिलो पटक मात्र विवादित होइन, केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा पनि वन मन्त्री रहेका आलेले रुखले कार्वनडाइअक्साइड दिन्छ, हामीले अक्सिजन दिन्छौ भन्दै अक्सिजन सिलिन्डरमा आफ्नै फोटो टाँसेर भाइरल हुनुभएको थियो ।

काम भन्दा अरुको आलोचना र आफ्नो प्रशंसा आफै गर्न रमाउने मन्त्री आलेको पुरानै स्वभाव हो । बनमन्त्री हुँदा आफ्नै फोटो टाँसेर अक्सिजन सिलिन्डर बाँड्नुले पनि यसलाई थप प्रष्ट पार्छ ।

उहाँ मन्त्री हो, काम गर्ने ठाउँमा हुनुहुन्छ । कुनै कर्मचारीले चित्तबुझ्दो काम नगरे वा ऐन विपरित काम गरे अनुशासनको डण्डा चलाउने अधिकार उहाँलाई नै छ । न की अरुको अरुको खिसिट्यिूरी गर्ने र व्यक्तिगत जीवनमाथि प्रश्न उठाउने अधिकार ।