१४ बैशाख २०८१, शुक्रबार

विगतका कमीकमजोरीलाई निर्मम आत्मसमीक्षा गरेर अगाडि बढिरहेका छौं : माधव नेपाल

madhav 1
फाइल फोटो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विश्वमा वामपन्थी पार्टी र सरकारप्रति जनविश्वास बढ्दो अवस्थामा रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित पार्टी एकता कार्यक्रममा अध्यक्ष नेपालले देश र जनताको समस्यालाई केन्द्रविन्दुमा राखेर अघि बढ्ने पार्टी वामपन्थी मात्रै हुने दाबी गर्नुभयो । उहाँले नेपालको कम्युनिस्ट आन्दोलनलाई निरन्तरता दिन जन्मेको एकीकृत समाजवादी पार्टीले विगतका कमी कमजोरीलाई निर्मम आत्मसमीक्षा समेत गरेको बताउनुभयो । एकीकृत समाजवादीको स्थापनापछि समाजवेशी राज्य र समावादी क्रान्ति लगायतका कार्यक्रमले युवा वर्गमा समेत आशा बढेको बताउनुभयो ।

नेपालका धेरै पार्टीको भित्री नारा चुनावदेखि चुनावसम्म हुने गरेको बताउदै उहाँले एकीकृत समाजवादीले भने जनतदेखि जनतासम्म भन्ने नारालाई अघि सारेको जानकारी दिनुभयो । उहाँले एकीकृत समाजवादीले नेपाली जनतालाई नै सर्वोच्च बिन्दुमा राखेको दाबी गर्नुभयो ।

पार्टी एकता कार्यक्रम मार्फत राष्ट्रिय जागरण परिषद, नेपालका संयोजक साध्यबहादुर भण्डारी लगायतका नेताहरु एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।