१३ बैशाख २०८१, बिहीबार

‘पार्टी इमानदारिता र निष्ठापूर्ण कार्यमा तत्पर’

madhav nepal1640521141
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले जनताले परिणाममुखी काम देख्न चाहेकाले पार्टी त्यसका लागि इमानदारिता र निष्ठापूर्ण कार्यमा तत्पर रहने बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद्, नेपालबिचको एकता घोषणा कार्यक्रममा अध्यक्ष नेपालले पार्टीको मुख्य उद्देश्य जनताको समस्या समाधान गर्ने र त्यसपछि मात्र निर्वाचन भएको बताउनुभयो ।

अध्यक्ष नेपालले ‘केही राजनीतिक दलहरू चुनाव भनिरहेका तर हाम्रो पार्टीको मुख्य लक्ष्य चुनाव नभएर जनताका पिर मर्का, युवा, पुरानो पुस्ता, किसान सबै समुदायले भोगिरहेका समस्यालाई जोड दिएको बताउनुभयो ।