७ बैशाख २०८१, शुक्रबार

रित्तिन थाल्यो सुन खानी, ५० हजार टन मात्र बाँकी

gold mine

पहेँलो धातुको रुपमा रहेको सुन सबैको रोजाइ र खोजाइको धातु हुन् । सुन लगानीका रूपमा होस् वा सामाजिक प्रतिष्ठाका लागि वा थुप्रै विद्युतीय उपकरणको निर्माणका लागि आवश्यक धातुका रूपमा विश्वभरि माग बढिरहेको छ।

संसारमा सुनको मूल्यमा उतारचढाव हुँदा वा उत्पादन एवम् आयात निर्यातको तथ्याङ्क आउँदा उठ्ने पहिलो प्रश्न भनेको पृथ्वीमा सुनको भण्डार कति बाँकी छ भन्ने हो।

सुन पृथ्वीमा उपलब्ध धातु भएकोले कुनै दिन यो खानीबाट झिक्न नसकिने गरी सकिन्छ। सुन विभिन्न रुपमा प्रयोग हुने धातु भएको कारण विश्व बजारमा यसको माग बढिरहेको छ । तर, पृथ्वीको खानीमा सुन कति छ ? भन्ने प्रश्न अहिले उठ्न थालेको छ ।

अमेरिकी भुर्गभ विभागका अनुसार अहिले पृथ्वीको खानीमा सुन ५० हजार टन रहेको आँकलन गरिएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार सन् २०१९ को अन्त्यमा जमिनमाथि अर्थात् संसारभर कुल १९७,५७६ टन सुन रहेको विश्व सुन परिषद्को तथ्याङ्क छ।

सुन खानीहरूमा कति सुन छ भनेर जमिनमुनि बाँकी रहेको सुनको मात्रा दुई प्रकारले निर्धारण गर्छन् । त्यो भनेको रिजर्भ र रिसोर्स हो । सुन कति रिजर्भ छ भन्ने कुरा सुनको रिसोर्सभन्दा सजिलोसँग हिसाब गर्न सकिन्न तर त्यो सहज अनुमान भने होइन।

यी सङ्ख्याको आधारमा २० प्रतिशत सुन खानीमा रहेको आकलन गर्न सकिन्छ तर यी सङ्ख्याहरू परिवर्तन हुन सक्छन् ।

    सम्बन्धित समाचार...