१४ बैशाख २०८१, शुक्रबार

विश्वभर कोरोना सङ्क्रमित बढ्ने दरले दैनिक नयाँ रेकर्ड बनाउन थाल्यो, डब्लूएचओको चिन्ता

who geneva headquarters

विश्वभर कोरोना सङ्क्रमित बढ्ने दरले दैनिक नयाँ रेकर्ड बनाउन थालेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले चिन्ता व्यक्त गरेको छ ।

कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टका कारण सङ्क्रमण हुनेको सङ्ख्याले दैनिक नयाँ रेकर्ड बनाउन थालेको भन्दै डब्लूएचओले चिन्ता व्यक्त गरेको हो ।

गत २४ घण्टामा मात्रै यो खबर तयार पार्दासम्म विश्वभर १५ लाख ९४ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । जसमध्ये संयुक्त राज्य अमेरिकामा मात्रै ४ लाख ६५ जनाभन्दा धेरै, फ्रान्समा २ लाखभन्दा धेरै र बेलायतमा १ लाख ८३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै डेनमार्क, पोर्चुगल र अस्ट्रेलियामा पनि दैनिक सङ्क्रमित थपिने दरले नयाँ रेकर्ड बनाएका बीबीसीले जनाएको छ । यस्तै गत २४ घण्टामा ५ लाख ९२ हजारभन्दा धेरै निको हुँदा ७ हजारभन्दा धेरैको मृत्यु भएको छ ।