७ बैशाख २०८१, शुक्रबार

चर्चित यापर तथा रोडिजका निर्णायक ‘लाउरे’ पक्राउ

laure 1

चर्चित -यापर आशिष राना अर्थात् ‘लाउरे’ पक्राउ परेका छन्। लागूऔषध सेवनको अभियोगमा कास्की प्रहरीले उनीसहित ४ जनालाई पक्राउ गरेको हो ।

कास्की प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार लाउरेबाट लागूऔषध बरामद भएको छैन तर, सेवन गरेको अभियोगमा नियन्त्रणमा लिइएको हो । लाउरे चर्चित रियालिटी शो हिमालय रोडिजका निर्णायकसमेत हुन् ।

लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पक्राउ गरिएको एसपी थापाले बताए । प्रहरीले रानासँगै चार जना साथीलाई पनि पक्राउ गरेको छ ।

लागूऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेका हौं,’ थापाले भने, ‘यस विषयमा थप अनुसन्धान म्याद थपपछि हुन्छ ।’ आज अदालत बिदा भएकाले भोली (शुक्रबार) अनुसन्धानका लागि अनुमति लिएर थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार...