१३ बैशाख २०८१, बिहीबार

राष्ट्रिय सहमतिका आधारमा एमसीसीबारे निर्णय : अध्यक्ष यादव

Upendra yadav
फाइल फोटो

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरुकाबीच सहमति र राष्ट्रको हित अनुकूल हुने गरी एमसिसीलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

पार्टीको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) द्वारा आज (बुधवार) परासीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,“ पार्टीले समय आएपछि एमसीसीका विषयमा निर्णय लिन्छ । यस विषयमा सहमतिकै आधारमा अघि बढाउनुपर्छ।”

अध्यक्ष यादवले राज्य पुनःसंरचना आयोगले सिफारिस गरे अनुसारको प्रदेश बनाउनुपर्ने र स्थानीय तहको संरचना पनि परितर्वन गर्नुपर्नेमा जोड दिनुभयो ।