६ बैशाख २०८१, बिहीबार

आजदेखि ५०० दरको नयाँ नोट चलनचल्तीमा, के के छन् विशेषता ?

rastra bank

नेपाल राष्ट्र बैंकले ५०० दरको नयाँ नोट आज शुक्रबारदेखि बजारमा पठाएको छ ।

नयाँ नोटमा गभर्नर महाप्रसाद अधिकारीको हस्तक्षर रहेको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले शुक्रबार गभर्नर अधिकारीले हस्ताक्षर गरेको रु ५०० रुपैयाँको नयाँ नोट बजारमा चलनचल्तीमा आएको बताएको हो ।

बैंकले रु ५०० दरको साविककै आकार तथा रङ्गमा, सङ्केत नं छ/ ३८ ०००००१ देखि झ/ ४२ ९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञासहितको नोट चलनचल्तीमा ल्याएको हो ।

यद्यपि, साविककै आकार तथा रङ्गमा नोट उपलब्ध हुने जनाइएपनि नयाँ नोटलाई सीधा हेर्दा रातो रङ्ग र ढल्काएर हेर्दा हरियो रङ्ग देखिने बैंकले जनाएको छ । ३.५ मि मी चौडा रहने नोटको अन्य डिजाइन तथा अक्षरहरु साविकै हुने बैंकले जनाएको छ ।