१३ बैशाख २०८१, बिहीबार

यसरी बने कपिल देव अभिनेता रणवीर सिंह

694082 webp.net resizeimage 31

फिल्म ‘८३’मा अभिनेता रणवीर सिंह भारतीय क्रिकेटर कपिल देवको भूमिकामा देखिएका छन् । उनका लागि यो भूमिका निभाउन त्यति सजिलो थिएन । आफूलाई कपिल देव चरित्रमा उतार्नका लागि उनले झण्डै ६ महिनासम्म दैनिक चार घन्टा क्रिकेट खेल्नु परेको थियो ।

निर्देशक कवीर खान निर्देशित यो फिल्मको हालै एक विशेष शो प्रदर्शन गरिएको थियो । जुन शोमा रणवीरको अभिनयको तारिफ भएको थियो ।

रणवीरका अनुसार कपिलको बलिङ शैली निकै अनौठो किसिमको छ । उनका लागि कपिलको बायोमेकानिक्स पनि नौलो थियो । ‘मेरो शरीर कपिल देवको शरीरभन्दा फरक थियो । यस्तो अवस्थामा उनी जस्तो एक्सन हासिल गर्नका लागि मैले आफ्नो शरीरमा निकै परिवर्तन गर्नुपर्ने थियो । जसमा लामो समय लाग्यो । वास्तवमा परफेक्ट बलिङ गर्नकै लागि महिनौं समय लाग्यो’, रणवीरले भनेका छन् ।

1640154370 jUJ6j

रणवीरले फिल्म ‘८३’को सुटिङ फिल्म ‘सिम्बा’को सुटिङ पूरा गरेपछि सुरु गरेका थिए । त्यो समयमा उनको शरीर निकै वजनदार थियो । उनलाई क्रिकेटको प्रशिक्षण दिने कोचले उनलाई ‘जब तिमी बलिङ गर्न आउँछौं, यस्तो लाग्छ कि कुनै पहलवान बलिङ गर्न आइरहेको छ’ सम्म भने ।

त्यसपछि कोचले उनलाई एक महिनाका लागि बलिङबाट टाढा राखे । कोचले कपिलको जस्तै एथलेटिक शरीर बनाउने काममा लाग्न सुझाव दिएका थिए ।

‘कपिल जस्तो एक्सन हासिल गर्न मैले दैनिक चार घन्टा क्रिकेटको अभ्यास गरें र यो काम करिब ६ महिनासम्म जारी राखें । चार महिनासम्म तयारीमा र दुई तीन महिना सुटिङको समयमा कैयौं घन्टा क्रिकेटमै बाँधिएँ । यो समयमा मलाई कैयौं चोट लाग्यो । तर मैले कपिलको जस्तो एक्सन पाउनु नै थियो’, उनले भनेका छन् ।