१५ चैत्र २०८०, बिहीबार

किन स्थगित गरियो ओमिक्रोन फैलिएका देशबाट आउनेलाई क्वारेन्टिन ?

immigration depatment adhyagam

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएका देशबाबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टिन बस्न भनेको छ । क्वारेन्टिन बस्दा संक्रमण भएका व्यक्तिबाट अन्य व्यक्तिमा भाइरस नसर्ने भएकाले पनि क्वारेन्टिन संक्रमण निणन्त्रणको राम्रो विकल्प हो । अहिले भने यो निर्णय स्थगित गरिएको छ । क्वारेन्टिन बस्नु पर्ने व्यवस्था किन स्थगित गरियो ?

पुस २ गते अध्यागमन विभागले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएका ६७ देशबाट आउने यात्रुले सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्देशन जारी गर्‍यो ।

निर्देशन दिएको २४ घण्टा नबित्दै विभागले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने व्यवस्थालाई स्थगित गरिएको जानकारी गरायो । अघिल्लो दिन दिएको निर्देशन भोलिपल्टै उल्ट्याउनु पर्ने बाध्यता किन पर्‍यो ?

विभागको निर्देशनमा ओमिक्रोन संक्रमण देखिएको ६७ देशबाट आएका यात्रुले होटल क्वारेन्टिनमा बसेपछि पीसीआर परीक्षण गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको थियो । कोरोना नेगेटिभ आएपछि पनि एक साता आफ्नै घरमा क्वारेन्टिनमा बस्नुपर्ने भनिएको थियो।

पोजेटिभ देखिएका यात्रुलाई आइसोलेशन तथा अस्पताल भर्ना गरिने विभागले जारी गरेको सूचनामा उल्लेख थियो । यसरी आफ्नो निर्णय उल्टाएको विभागको अपरिपक्कता छर्लङ्ग्र देखियो ।

विभागको निर्देशन र स्थगनको सूचनापछि अब भने यो निर्णय लागू गर्ने कि नगर्ने ? भन्ने विषयमा संसदको शिक्षा तथा स्वास्थ्य समितिमा छलफल चलाउने तयारी भैरहेको छ । युरोप र अफ्रिकामा कोरोनाको ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिएसँगै नेपालका अन्य निकायहरु पनि झस्किएका छन् ।

स्वास्थ्य मन्त्रालयले ओमिक्रोनको अवस्था विश्लेषण गरेरै विभागलाई पठाइसकेपछि निर्देशन दिएको सूचना उल्टाउनु पर्दा अध्यागमन विभाग त असमञ्जस्यतामा परेको छ नै, आम नागरिक पनि सरकारको आलोकाँचो निर्णयबाट अवाक भएका छन् ।