१६ चैत्र २०८०, शुक्रबार

‘प्रतिगमनकारी ओलीलाई परास्त गर्यौं, यथास्थितिवादी प्रतिगमनको अर्को खतरा छ’ : बाबुराम भट्टराई

Dr Baburam Bhattarai
फाइल फोटो

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले इतिहासमा पटक पटक महत्वाकांक्षी पात्रहरु देखिने बताउनुभएको छ ।

पौष ५ मा केपी शर्मा ओलीले संसद विघटन गरेको एक वर्ष पुगेको अवसरमा सोमवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता भट्टराइले केपी शर्मा ओली त्पनि महत्वाकांक्षी पात्रमध्ये एक रहेको बताउनुभयो । प्रतिगमन कहिल्यै पूर्ण रुपमा परास्त नहुने उहाँको भनाइ छ । त्यसैले पटक पटक प्रतिगमनको प्रयास भैरहने उहाँले बताउनुभयो ।

लोकतन्त्रको संस्थागत गर्दै विकास गर्दै लैजानु नै प्रतिगमनलाई परस्त गर्ने मुख्य हतियार रहेको नेता भट्टराईले प्रष्ट पार्नुभयो । ओलीको प्रतिगमनलाई रोके पनि प्रतिगमनको खतरा अझै रहेको उहाँले बताउनुभयो । ठूलो शक्तिमा देखिने तटस्थवादी नीति पनि प्रतिगमन हुने नेता भट्टराईले बताउनुभयो ।