१५ चैत्र २०८०, बिहीबार

बैतडीमा दुवै मात्रा खोप लगाएका कोरोना सङ्क्रमितको निधन

covid death

बैतडीमा कोरोना भाइरस विरुद्धका दुवै मात्रा खोप लगाएका एक व्यक्तिको निधन भएको छ । दशरथचन्द नगरपालिका १ गुरुखोलाका ८५ वर्षीय पुरुषको जिल्ला अस्पतालमा निधन भएको हो ।

बिहीबार बेलुका ५ बजे अस्पताल भर्ना भएका ती व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिषप्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोनाका लक्षण देखिएर अस्पताल भर्ना हुन आएका ती वृद्धाका शरिरमा अक्सिजन लेभल ७५ प्रतिशत भन्दा कम रहेको थियो ।

कोभिसिल्डको दुवैमात्रा लगाएका ती वृद्धाको कमजोर स्वास्थ्य अवस्था, अक्सिजन कम र शरिरमा अत्याधिक ‘इन्फेक्सन’ भएर निधन भएको अस्पतालले जनाएको छ ।

कृतिम अक्सिजन दिँदा पनि कोरोनाका कारण शरिरमा इन्फेक्सन धेरै भएकाले बचाउन नसकिएको अस्पतालले जनाइएको छ । यससंँगै बैतडीमा कोरोनाबाट निधन हुनेको संख्या १९ पुगेको छ । जिल्लामा हाल तीन जनामात्रै सक्रिय सङ्क्रमित छन् ।