७ बैशाख २०८१, शुक्रबार

आजदेखि १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइँदैछ ।

16254622971625462297
फाइल फोटो

आजदेखि १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइँदैछ ।

आज ५७ जिल्लामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको मोडेर्ना खोप लगाउन लागिएको हो । प्रदेश १ का ११, प्रदेश २ का पाँच, बागमतीका सात, गण्डकी, लुम्बिनी, कर्णालीका नौ(नौ र सुदूरपश्चिमका सात जिल्ला गरी ५७ जिल्लामा खोप लगाइनेछ ।

प्रदेश १ मा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर जिल्लामा खोप लगाइने छ ।

यस्तै प्रदेश २ मा सिरहा, महोत्तरी, सर्लाही, रौतहट र बारा तथा बागमतीका दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुरमा खोप दिइने छ ।

यसैगरी गण्डकीका गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत जिल्ला तथा लुम्बिनीका रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया जिल्ला तोकिएको छ ।

यस्तै कर्णालीका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्ला तथा सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुरमा बालबालिकालाई खोप दिन लागिएको मन्त्रालयले जनाएको छ । १४ गतेसम्म खोप लगाइने बताइएको छ ।

अन्य जिल्लामा भने फाइजर खोप लगाइने र त्यसको तयारी भइरहेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ । बालबालिकालाई विद्यालयबाटै खोप दिने सरकारको छ ।