१३ बैशाख २०८१, बिहीबार

प्रदेश २ मा कारोना सङ्क्रमित बढ्दै

province 2 map

पछिल्लो समय प्रदेश २ मा स्थिर रहेको कोरोना सङ्क्रमण दर पुनःबढ्न थालेका छ । गतमङ्सिर अन्तिम सातासम्म सङ्क्रमण दर घट्दै गएकामा अहिले पुनः बढ्न थालेको जनाउँदै स्वास्थ्य कार्यालयले सर्तकता अपनाउन आग्रह समेत गरेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार विगत एक साताको अवधिमा सङ्क्रमितको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको छ ।

नयाँ सङ्क्रमित थपिएकामध्ये अधिकांश धनुषाकै रहेको निर्देशनालयले जनाएको छ । गत मङ्सिर १८ गते प्रदेशमा ३४ कोरोना सङ्क्रमित रहेकामा यही पुसको ३ गतेसम्ममा सङ्क्रमितको सङ्ख्या ६५ पुगेको स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिनुभयो । ती मध्ये ६२ होम आइसोलेशनमा रहेका छन् भने तीन चिकित्सकको निगरानीमा छन् । प्रदेशमा ६५ कोरोना सङ्क्रमित रहेकामा धनुषामा मात्र ३५ सक्रिय सङ्क्रमित छन् । त्यस्तै महोत्तरीमा १६, सिरहामा पाँच, सर्लाहीमा तीन, पर्सामा चार, सप्तरीमा एक र बारामा एक जना कोरोनाको सक्रिय सङ्क्रमित रहेको जनाएको छ ।

चिसो बढेसँगै जनजीवन प्र्रभावित

अचानक बढेको चिसोका कारण धनुषासहित प्रदेश को विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसोका कारण बालबालिका र वृद्धा बढी प्रभावित भएका छन् ।
चिसो बढ्न थालेपछि बजारमा न्यानो लुगाको बिक्री बढेको छ । सर्वसाधारण जाडो छल्न घुर बालेर आगो ताप्न थालेका छन् । चिकित्सकले चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिको विशेष ख्याल गर्न आग्रह गरेका छन् ।

वर्षेनी चिसोका कारण कठ्याङ्ग्रिएर सर्वसाधारणको मृत्यु हुने गरेको छ । चिसो बढ्न थालेपछि रुघाखोकी, ज्वरो, झाडापालाका बिरामी बढ्नसक्ने भएकाले स्वास्थ्य सर्तकता अपनाउन चिकित्सकको सुझाव छ ।

छुरा प्रहारबाट एकको मृत्यु

सिरहाको गोलबजार नगरपालिका–६ मा गएराति दुई समूहबीच छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । गोलबजार – ६ डोहटियाका २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा लागी गम्भीर घाइते उनीलाई उपचारका लागि धनगढीमाई नगरपालिका– ९ स्थित आरके मेरिसिटी अस्पताल लगिए पनि तत्कालै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

घाइते सोही ठाउँका १९ वर्षीय निकेश सदाको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान तथा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।