१२ बैशाख २०८१, बुधबार

एमाले सहभागी नहुने सर्वदलीय बैठकमा

Uml New office 1024x538 1

प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाउनुभएको छ ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बैठकमा बोलाइएको छ । अपराह्न ४ बजे डाकिएको बैठकमा संसदमा जारी अवरोध खुलाउने तथा एमसीसी अघि बढाउने वा नबढाउने भन्ने विषयमा छलफल हुने जनाइएको छ ।

संघीय संसद्का दुबै सदन प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको छ । शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवासँगको भेटमा देशको समसामयिक राजनीतिक विषय तथा संसद् अवरोध खुलाउने लगायतका विषयमा दलबीच समान धारणा बनाउने उद्देश्यका साथ सर्वदलीय बैठक बोलाउन आग्रह गर्नुभएको थियो ।

यसैबीच प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने आजको सर्वदलीय बैठक पनि बहिष्कार गर्ने भएको छ । नेकपा एकीकृत समाजवादी सहभागी बैठकमा नजाने नेकपाका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताउनुभयो ।

यसअघि पनि एकीकृत समाजवादीको सहभागिताको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेको थियो । सर्वदलीय बैठकमा एमाले नेता उपस्थित नभए उनीहरूसँग प्रधानमन्त्री देउवाले छुट्टै छलफल गर्ने तयारी गरेको जनाइएको छ । सर्वदलीय बैठक अघि सत्तारूढ गठबन्धनको बैठक पनि बस्ने जनाइएको छ ।