१३ बैशाख २०८१, बिहीबार

साढे नौ बजेपछि मतगणना : राति १ बजेसम्म नतिजा

sher bahadur and shekhar congress.2e16d0ba.fill 650x500 1

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानको मतगणना मंगलबार राति साढे ९ बजेपछि हुने भएको छ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केवश रिजालले राति ८ बजे मतदान सकिने अनुमानसहित साढे नौ बजेपछि मतगणना हुने जानकारी दिनुभयो ।

मतगणनाको नतिजा बुधबार बिहान १ बजेसम्म आइसक्ने उहाँले बताउनुभयो ।

सभापति पदका लागि दोस्रो चरणको मतदान मंगलबार दिउँसो साढे ३ बजेबाट सुरु भएको हो । मतदान अहिले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा चलिरहेको छ ।

पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । सभापति पदका लागि प्रधानमन्त्री समेत रहनुभएको शेरबहादुर देउवा र डा. शेखर कोइराला प्रतिस्पर्धामा हुनुहुन्छ ।

पहिलो चरणमा सभापति पदमा उम्मेदवारी दिनुभएका प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङले प्रधानमन्त्री देउवालाई नै समर्थन गर्नुभएको छ ।