१६ चैत्र २०८०, शुक्रबार

मसाल जुलुस निकाल्न नपाएपछि बन्द आब्हानकर्ताले फोहोर जलाए

andolan

एमसीसीको विरोध गर्दै भोलिका लागि आब्हान गरिएको चितवन बन्द सफल बनाउन भन्दै निकालिएको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । नारायणगढको लायन्सचोकमा सोमबार साँझ एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले बन्दको आब्हान गर्दै मसाल जुलुसको निकाल्न खोजेको थियो । सो क्रममा प्रहरीले आन्दोलनकर्ताको मसाल खोसेको छ ।

मसाल जुलुस निकाल्न नपाएपछि उनिहरुले एमसीसीको बिरोधमा केहीबेर चर्को नाराबाजी गरे । उनिहरुले लायन्सचोकदेखि शहिदचोकसम्म ¥याली समेत निकाले । लान्यसचोक र शहिदचोकमा रहेको फोहोर समेत उनिहरुले जलाएका छन् ।

प्रहरीलाई छल्दै गणेशहल क्षेत्रबाट निकालिएको मसाल समेत प्रहरीले खोसेको छ । एमसीसी खारेजी अयिभान संयुक्त संघर्ष समिति चितवनले एमसीसी खारेजीको माग गर्दै भोलि चितवन वन्दको आब्हान गरेको शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । १३ वटा राजनीतिक दलको समर्थनमा बन्द आब्हान गरिएको दाबी संघर्ष समितिको छ । संघर्ष समितिका सचिव अजीव पौडेलले बन्दमा माधव कुमार नेपाल नेत्तृत्वको नेकपा एकिकृत समाजबादरी र विप्लव नेतृत्वको नेकपा लगायतका १३ दलको समर्थन आफुहरुलाई रहेको बताए । उनले बन्द गर्नु आफुहरुको रहर नभई बाध्यता भएको बताए । बन्दका दिन शैक्षिक संस्था,कलकारखाना,बजार र यातायात बन्द रहने पौडेलले जानकारी दिए ।

एमसीसी राष्ट्रको हितमा नरहेको र देशलाई अमेरिकाको जिम्मा लगाउने योजनाका साथ नेताहरु प्रयोग भइरहेको पौडेलले बताए । चितवन प्रशासनले भने भोलि जिल्लामा सबै क्षेत्र निर्वाद रुपमा संचालन हुने भन्दै वन्द गराउँदै हिडे गिरफ्तार गरिने जनाएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले नारायणी अनलाइनसँग कुरा गर्दै चितवन प्रशासन कडाइका साथ प्रस्तुत हुने बताए । उनले मसाल जुलुसमा समेत रोक लगाइएको भन्दै जबरजस्ती बन्द गराउँदै हिडे कारवाही गरिने चेतावनी दिए ।

यही २८ गते भोलि संसदको बैठक आब्हान गरिएको छ । सोही दिन एमसीसीको बिषयमा पनि निर्णय गर्ने तयारी सरकारले गरेको छ । संघर्ष समितिले चितवनमा हस्ताक्षर अभियान समेत गरेको छ ।