१६ चैत्र २०८०, शुक्रबार

‘एक पटक यसै पटक’ नेपाली सभापतिका लागि शेखर कोइरालाको चुनावी अभियान

ShaKhaRa1639053038

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले १४औं महाधिवेशनमा सभापतिका लागि प्रचार शुरु गर्नुभएको छ ।

संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेदवार तय गर्न सकस भइरहेका बेला कोइरालाले बिहीबार अपराह्नदेखि सामाजिक सञ्जालमा ‘एक पटक यसै पटक’ भन्दै प्रचार अभियान शुरु गर्नुभएको हो ।

संस्थापन इतर समूहमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर सभापतिका आकांक्षी हुनुहुन्छ ।मंगलबारदेखि साझा उम्मेदवार तय गर्ने विषयमा इतर पक्ष छलफलमा जुटेदै आएको छ । बिहीबार पनि सहमतिका लागि छलफल भए पनि कुनै निकास निस्कन सकेको छैन ।

प्रकाशमान र शेखरबीच सहमति हुन नसक्दा नेता पौडेल चिन्तित बन्नुभएको छ । प्रकाशमानले आफूले सभापतिमा दाबेदारी नछाडेको बताउनुभएपछि शेखरले पनि सभापतिको उम्मेदवारी दिने भन्दै प्रचार अभियान शुरु गर्नुभएको हो ।