८ बैशाख २०८१, शनिबार

चन्द्रमामा गल्फ खेल्न उडे जापानी अर्बपति युसाकु

arvapati yusaku japan

जापानी अर्बपछि युसाकु मेजावा चन्द्रमामा गल्फ खेल्ने लगायतका १०० वटा कार्य गर्नको लागि उडेका छन् । उनी बुधबार अन्तर्राष्ट्रिय अन्तरिक्षको लागि उडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । उनले त्यहाँ गल्फ खेल्नेसहित १०० वटा कार्य गर्ने गरि उनी उडेको बताइएको छ ।

उनले सार्वजनिक रुपमा प्राप्त सुझावमध्ये छानिएका १०० कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जसमध्ये उनले गल्फ खेल्ने, आफ्नो साथी अन्तरिक्षयात्री चिनाउने, आईएसएसभित्र कस्तो छ भनेर देखाउने, चुइङगम फुक्ने र कागजको प्लेन उडाउने जस्ता अनौठा कुराहरु गर्ने छन् ।

जोजोटाउनजस्ता ईकमर्श कम्पनीहरुमार्फत धनी बनेका मेजावा बोकेको रकेट काजाखास्तानबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको हो । उनले गत वर्ष अन्तरिक्ष यात्रामासँगै जान प्रेमिकाको समेत खोजी गर्ने कार्यक्रम आयोजना गरेका थिए । तर, पछि उक्त कार्यक्रम रद्द गरेका थिए ।

उनले आइएसएसमा १२ दिन बिताउने बताइएको छ । उनी लामो समययता पहिलो अन्तरिक्ष पर्यटक बनेका छन् । उनले यसलाई २०२३ मा चन्द्रमाको यात्रा गर्न सुरु गरेको अभियानको एउटा कदमको रुपमा लिइएको छ ।

उनीसँगै रुसी अन्तरिक्षयात्री एलेक्जान्डर मिसुर्किन र भिडियो निर्माता योजो हिरानो छन् । हिरानोले मेजावाको यूट्यूव च्यालनको लागि भिडियो खिच्ने छन् ।

उनलाई २०१९ मा उनी इलोन मस्कको स्पेसएक्स कम्पनीबाट चन्द्रमा यात्रामा जाने पहिलो पर्यटकका रूपमा चिनाइएका थिए। सन् २०२३ मा हुने यो यात्रामा उनीले आफ्नो खर्चमा आठ जना सर्वसाधारणलाई चन्द्रमा लाने बताएका छन्। सन् २०१९ मा उनले नगद दिने वाचा गरेपछि उनको एउटा ट्वीट सबैभन्दा बढी रिट्वीट भएको ट्वीट बनेको थियो।

    सम्बन्धित समाचार...