१६ चैत्र २०८०, शुक्रबार

सकेसम्म सहमतिका साथ अगाडि बढ्ने , नसके प्रतिस्पर्धा गर्ने : देउवा

Sher Bahadur Deuba Nepal PM 1
फाइल फोटो

नयाँ नेतृत्व चयनका लागि भोलि काठमाडौंमा कांग्रेसको १४औं महाधिवेशन सुरु हुँदै छ ।

लैनचौरमा कांग्रेसकै नेता डा. प्रकाशशरण महतले लेखेको ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ पुस्तक विमोचन समारोहलाई बिहान ​सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि सुरु हुने भनिएको महाधिवेशन देशकै लागि महत्त्वपूर्ण भएको बताएका छन्।
‘कांग्रेसको महाधिवेशन नेपालकै प्रजातान्त्रिक भविष्यका लाग लागि महत्त्वपूर्ण रहेको उनले बताए ।

आगामी कार्यकालका लागि पनि सभापति पदका दाबेदार प्रधानमन्त्री देउवाले महाधिवेशनमा सहमतिका साथ अगाडि बढ्छौं र केही लागेन भने लोकतान्त्रिक प्रक्रियामा गएर प्रतिस्पर्धा बताए ।

प्रतिस्पर्धामा हुने हार जितलाई सामान्य रूपमा लिनसमेत उनले आग्रह गरेका छन् ।