
भारतमा कोरोनाभाइरसको संक्रमित बढ्दै गएपछि मोदीले दोस्रोपटक गत मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै बुधबारदेखि लागू हुने गरी २१ दिन लकडाउनको घोषणा गरे।
उनले संक्रमण फैलन नदिनको लागि नागरिकलाई घरबाट बाहिर अत्यावश्यकबाहेकका काममा ननिस्कन आग्रह गरेका थिए। तर मानिसहरू भने लकडाउनको अवज्ञा गर्दै बाहिर निस्कन थाले। प्रहरीले पनि बिना काम हिँड्नेलाई विभिन्न सजाय दिँदै आएको सञ्चारमाध्यममा आएका छन्।
तर यस पटक भने भारतमा प्रहरीले मान्छेहरू बाहिर ननिस्कुन् भनेर नयाँ आइडिया निकालेका छन्।

अर्थात्- ‘कोरोनाभाइरस’को हेल्मेट।
कोरोनाबारे बुझाउन र मान्छेहरू घरबाहिर ननिस्कुन् भनेर प्रहरीले उक्त आइडिया निकालेको हो।
शनिबार प्रहरीले मान्छेहरू घरभित्रै बसुन् भनेर लोकल आर्टिस्टसँग सहकार्य गरी कोरोना हेल्मेट बनाएका हुन्।
लकडाउनको समयमा अनावश्यक रूपमा बाहिर निस्कनेहरूलाई कोरोनाबारे बुझाउन प्रहरीले कोरोनाभाइरस जस्तै देखिने हेल्मेटको प्रयोग गरेको हो।
ुकोरोनाभाइरसलाई मान्छेहरूले गम्भीरतापूर्वक लिएका छैनन्,ुआर्टिस्टले भने,ुफुटेको हेल्मेट र कागजबाट यस्तो बनाउने आइडिया आएको हो।ु
प्रहरी अधिकारीका अनुसार उक्त हेल्मेटले मान्छेमा जनचेतना फैलाइरहेको बताएका छन्।
हेल्मेट लगाएर त्यसरी खटिएपछि सकारात्मक परिणाम आएको इन्स्पेक्टर राजेश बाबुले हिन्दुस्तान टाइम्सलाई बताए।
तमिल नाडूमा शनिबार बिहानसम्म ३८ जना कोरोना संक्रमित रहेका छन्। जसमध्ये ६ जना विदेशी नागरिक रहेका छन्, त्यहाँ एक जनाको मृत्यु समेत भइसकेको छ। एजेन्सी
