१३ बैशाख २०८१, बिहीबार

महाधिवेशनमा शक्ति प्रदर्शन हुँदैन, अन्तिम पटक सभापतिमा लड्दैछु : देउवा

Sher Bahadur Deuba

प्रधानमन्त्रीसमेत रहेनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनमा सहयोग गर्न आग्रह गर्नुभएकाे छ ।

प्रधानमन्त्रीको सचिवालयले बोलाएकाे सीमित पत्रकारबीच देउवाले १४औं महाधिवेशनमा पनि आफै सभापति लड्न लागेको भन्दै सहयोग गर्न आग्रह गर्नुभएकाे हाे ।

पत्रकारहरूसँग देउवाले भन्नुभयाे, ‘यो मेरो अन्तिमपटक हो । मैले यहाँहरुबाट पनि सहयाेगकाे अपेक्षा गरेको छु ।’
सभापति देउवाले महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने जनाएका थिए ।

‘महाधिवेशन प्रतिनिधिसँगै नजिकका नेता कार्यकर्ता आउनेछन्’, सभापति देउवाले भन्नुभयाे, ‘सकेसम्म कमलाई बोलाउने प्रयास गरेका छौँ ।’

पत्रकारहरूले साेधेकाे प्रश्नमा देउवाले सत्ता गठबन्धन निर्वाचनसम्म जाने बताउनुभयाे ।