१६ चैत्र २०८०, शुक्रबार

ज्ञानेन्द्र शाहको नाङ्गो हस्तक्षेपले पराजित भए-कमल थापा

kamal thapa.jpg 1 768x511 1

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा कमल थापा पराजित भएका छन् । राप्रपाको अध्यक्षमा थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका हुन् ।

पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाएका छन् । उनले पूर्वराजा ज्ञानेन्द्रले हस्तक्षेपकारी भूमिका खेलेको बताएका छन । यद्यपि, उनले पराजयलाई सहर्ष स्वीकार गर्ने बताएका छन् ।

उनले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको भन्दै गुनासो समेत गरेका छन् । सो एजेण्डाको मूल संवाहकलाई राजाले राजनीतिक रुपमा समाप्त पार्न खोजेको पनि आरोप लगाएका छन् ।

सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभकामना।,उनको भनाइ छ ।