८ बैशाख २०८१, शनिबार

सरकार टिकाउन एमसीसी पास गर्न खोजे चुप लागेर बस्दैनौंः विप्लव

biplav 69
फाइल फोटो

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्नका लागि संसद बोलाएको बताएका छन् । अमेरिकामा मंसिर २७ गते एमसीसी कार्यान्यन समितिको बैठक बस्ने जानकारी आएको बताउँदै उनले एमसीसी पास गर्नका लागि सदन बोलाइएको आशंका व्यक्त गरे ।

विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘एमसीसी सम्झौता राष्ट्रियताको विरुद्ध छ, यसलाई पास गर्न हुँदैन् । तर सरकार टिकाउन पास गर्न खोजिँदैछ ।’ यस्तो अवस्थामा हामी चुप लागेर बस्दैनौं । एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा अमेरिकामा छलफल चलिरहेको भन्दै उनले संसद बैठक बोलाएर प्रधानमन्त्रीले पनि एमसीसीलाई जवरजस्ती पास गराउने तयारी गरिरहेको बताए ।