७ बैशाख २०८१, शुक्रबार

छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरिएन्ट पुष्टि भएसँगै नेपाल पनि उच्च जोखिममा

Omicron O Virus Green COVID

तीव्र गतिमा फैलिरहेको नयाँ भेरिएन्ट ओमिक्रोन छिमेकी देश भारतमा पुष्टि भएसँगै नेपाल पनि जोखिममा परेको छ ।

हिजो दुई जनामा पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । ६६ वर्ष र ४६ वर्षका पुरुषमा यो भेरिएन्ट पुष्टि भएको हो ।

सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा यो भेरिएन्ट पुष्टि भएकोमा हिजो साँझसम्म भारत गरी ३० देशमा फैलिसकेको छ र ३७५ जना संक्रमित भइसकेका छन् ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले ओमिक्रोनलाई भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा गरिसकेको यो भेरिएन्ट ठूलो संख्यामा उत्परिवर्तित भएको र तीव्र रूपमा फैलिने वैज्ञानिकहरुले बताइरहेका छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारले भारतमा देखिएसँगै नेपाल पनि जोखिममा भएकाले यसतर्फ सचेत रहेको बताउँदै आवश्यक निगरानी गरिरहेको बताउनु भएको छ ।