७ बैशाख २०८१, शुक्रबार

अध्यक्ष ओलीले आज पद बहाली गर्दै

kpoli1638158346

चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज पदबहाली गर्दैछन् ।

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ओलीले आज दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

भीम रावललाई पराजित गरी ओली दोस्रो कार्यकालका लागि नेकपा एमालेको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।