२९ भाद्र २०८२, आईतवार

आज आउँदै कक्षा १२ को नतिजा

national examination board

राष्ट्रिय परीक्षा बोर्डले आज शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ। बोर्डका अनुसारअनुसार नतिजा सार्वजनिक गर्न बिहान ९ बजे बोर्ड बैठक डाकिएको छ। बोर्डको अध्यक्ष रिक्त रहेकोले शिक्षा मन्त्रालयका सचिवले नै बोर्डको अध्यक्षता गर्नेछन्। नयाँ सचिव यादव कोइराला बुधबारमात्र शिक्षा मन्त्रालयमा बहाली गरेका थिए।

बिहीबार सचिव कोइराला परीक्षा बोर्ड पुगेका थिए। बोर्डले सबै काम सकेर प्राविधिक काम पनि सकिएको हुनाले आज नतिजा सार्वजनिक गर्ने भएको हो। बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो।