१३ बैशाख २०८१, बिहीबार

एक दिन लम्बियो राप्रपाको महाधिवेशन, शनिबारमात्रै मतदान

rpp sammelan 59

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन एक दिन लम्बिने भएको छ । 

महाधिवेशन प्रतिनिधिको विवादका कारण निर्वाचन समितिले तोकिएको मितिमा चुनाव गराउन नसक्दा महाधिवेशन एक दिन लम्बिने भएको हो । 

शनिबारमात्रै मतदान कार्यक्रम हुनेगरी निर्णय भएको निर्वाचन समितिले जानकारी दिएको छ । 

निर्वाचन समितिले बिहीबार राति ४४७१ जना महाधिवेशन प्रतिनिधिको सूची सार्वजनिक गरेको छ । त्यसमा थप ५ प्रतिशत प्रतिनिधि मनोनयन अध्यक्षत्रयले गर्न बाँकी नै रहेको उनको भनाइ छ । 

राजेन्द्र लिङ्देन पक्षले प्रतिनिधिमा चलखेल भएको आरोप लगाएपछि दुई दिनसम्म मिहिन ढंगले छानबिन गरेर मतदाताको सूची सार्वजनिक गरिएको हो।  ती सूचीमा भोलि बिहानसम्म दावी विरोध गर्ने समय दिइएको र त्यसपछि अन्तिम सूची प्रकाशित गरिने समितिको भनाइ छ ।

राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । यसअघि राप्रपाको महाधिवेशन बुधबारदेखि राजधानीमा सुरु भएको थियो भने नयाँ नेतृत्व चयन गर्दै शुक्रबार सम्पन्न गर्ने कार्यतालिका थियो ।