१४ बैशाख २०८१, शुक्रबार

कछुवाको मासु खाँदा सात जनाको निधन

121859213 gettyimages 946141816

तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको निधन भएको छ । यस्तै ३८ जना बिरामी भएका छन् ।

मृत्यु हुनेमा एक बालक पनि छ । पेम्बा द्धीपका पाँचै जनाले कछुवाको मासु खाएका थिए ।

तान्जानियाका तटीय क्षेत्रमा कछुवाको मासु खाने चलन छ । उनीहरुको मृत्युपछि स्थानीय प्रशासनले छुवाको मासु खान प्रतिबन्ध लगाएको छ ।

टर्टल फाउन्डेशन नामक संस्थाका अनुसार कछुवाले खाने विषालु लेउका कारण मासु पनि विष हुन्छ । विषालु मासुले विशेष गरी बालबालिका र वृद्धवृद्धालाई नराम्रो असर गर्ने भन्दै संस्थाले आगामी दिनमा त्यस्तो मासु नखान सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

तान्जेनियामा कछुवाको मासु खाँदा बारम्बार मानिसहरुको मृत्यु हुने गरेको छ । यसअघि मार्चमा म्याडगस्करमा कछुवाको विषालु मासु खाँदा नौ बालबालिकासहित १९ जनाको निधन भएको थियो ।

    सम्बन्धित समाचार...