
नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा निर्वाचन आयोग प्रमुखबाट ओलीले अध्यक्ष पदमा सपथग्रहण गरेका हुन् ।
नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा भीम रावललाई १५७७ मतले उछिन्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । कुल खसेको दुई हजार ९६ मध्ये ओलीको पक्षमा १८४० मत खस्दा रावलले २२३ मत पाए । साथै नाे भाेटमा ३३ मत खसेकाे थियाे ।
आफूले सपथग्रहण गरेपछि ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई पनि सपथग्रहण गराएका छन् ।