८ बैशाख २०८१, शनिबार

‘पपुलर’ ओलीभन्दा १० बुँदे पक्षधर !

uml safat

नेकपा एमालेको १०औँ महाधिवेशनले केपी ओलीको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ ।

चितवनमा भएको महाधिवेशनमा भएको मतदानबाट नेतृत्व चयन गरिएको हो । अध्यक्षमा विजयी हुनुभएका ओलीले १८४० ल्याउनुभएको छ । तर, ओलीभन्दा बढी मत उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा गोकर्ण विष्टले पाउनुभएको छ ।

ओलीको भन्दा उहाँहरूले बढी मत ल्याएर महाधिवेशनमा पपुलर मत पाउनुभएको हो । उपाध्यक्षमा निर्वाचित शाक्यले १९७६ र सचिवमा निर्वाचित विष्टले १९७६ मत ल्याउनुभएको छ ।

साथै ओलीभन्दा बढी मत ल्याउने पदाधिकारीमा उपाध्यक्षत्रय सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६ र युवराज ज्ञवालीले १८४२ मत ल्याउनुभएको छ ।

साथै सचिवमा निर्वाचित योगेश भट्टराईले पनि ओलीको भन्दा बढी मत ल्याउनुभएको छ । उहाँले १९६४ मत पाउनुभएको छ । सबैभन्दा बढी पपुलर भोट ल्याउने शाक्य, विष्ट, पाण्डे र भट्टराई सबै एमालेभित्र १० बूँदे पक्षधर नेताका रुपमा रहेका छन् ।