८ बैशाख २०८१, शनिबार

राजेन्द्र लिङ्देनद्वारा राप्रपा केन्द्रीय अध्यक्षका लागि उम्मेदवारी घाेषणा

rajendra lingden

राष्ट्रिय प्रजातन्त्र पार्टीकाे केन्द्रीय अध्यक्षका लागि नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी घाेषणा गर्नुभएकाे छ ।

नेता धवलसमशेर राणाकाे समर्थनमा लिङ्देनले अध्यक्षका लागि उम्मेदवारी घाेषणा गर्नुभएकाे हाे ।

काठमाडौंमा बिहीवार आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा लिङ्देनले अध्यक्षत्रय कमल थापा, पशुपति शम्सेर जबरा र डा प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएर राखेको भन्दै अब पार्टीको परम्परागत गुट अन्त्य गर्नका लागि उम्मेदवारी दिएकाे बताउनुभयाे ।

उहाँले आफू पार्टीको अध्यक्ष बने देशमा कांग्रेस–कम्युनिष्टले गर्न नसकेको काम गर्ने बताउनुभएकाे छ ।

राप्रपाको महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ ।