२० मंसिर २०७८, सोमबार

आन्दोलनरत वकिलहरूलाई धम्की दिने दुई जना बौद्धबाट पक्राउ

Okille Lagete Aaldolan Bothalnelai Barbat 1

प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा आन्दोलनरत नेपाल बार एसोसिएसन आबद्ध कानुन व्यवसायीलाई धम्काउने दुई जना पक्राउ परेका छन् ।

बिहीबार बार एसोसिएसनमा गएर आन्दोलनरत कानुन व्यवसायीलाई धम्काएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बौद्धका तीर्थ ढकाल र मुलपानीका सीताराम श्रेष्ठ रहेका छन् । अन्य दुई फरार छन् ।

उनीहरुलाई बौद्धबाट राति पक्राउ गरेको प्रहरीले जनाएको छ । दुबैलाई टेकुस्थित थुनामा राखेर अनुसन्धान जारी राखिएको काठमाडौं प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिनुभयो । आन्दोलनरत कानुन व्यवसायीलाई योजनाबद्ध रुपमा धम्की दिइएको हो वा अन्य कारण भनेर प्रहरीले अनुसन्धान गरिरहेका छ ।