८ बैशाख २०८१, शनिबार

शुरु हुँदै आजदेखि ए डिभिजन लीग, उद्घाटन खेलमा सातदोबाटो र फ्रेन्ड्स क्लब खेल्ने

Stadium

सहिद स्मारक ए डिभिजन लीग फूटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल साँझ पौने ५ बजे शुरु हुनेछ ।

सातदोबाटोले पहिलो पटक शीर्ष डिभिजनको लीग खेल्न लागेको हो । सातदोबाटो यसै वर्ष बी लीगको उपाधि जित्दै शीर्ष लीगमा बढुवा भएको हो ।

फ्रेन्ड्सले भने लामो समयदेखि ए डिभिजन खेल्दै आएको छ । तर, उपाधि भने जित्न सकेको छैन ।

कुल ९१ खेल हुने लीगमा १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । यस पटकको लीगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै बी डिभिजनमा झर्ने छन् ।

उपाधि विजेताले ७५ लाख रुपैयाँ, उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

    सम्बन्धित समाचार...