१६ चैत्र २०८०, शुक्रबार

भीषण आगलागी मुगुको गमगढीमा, २१ घर जलेर नष्ट

fire BGUv3HXMF5

मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । गमगढीमा राति साढे १२ बजेदेखि आगो लाग्दा २१ वटा घर जलेर पूर्ण नष्ट भएको छ । अहिले आगोलाई फैलनबाट रोके पनि पूरै आगो निभिनसकेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।

उहाँकाअनुसार साँघुरो र बाक्लो बजारका कारण धेरै नोक्सानी भएको छ। अहिले पनि सेना, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने काम भइरहेको छ ।