१२ बैशाख २०८१, बुधबार

मुगु जिल्ला अस्पताललाई ५० शय्याको बनाउन मुख्यमन्त्री शाहीसमक्ष ज्ञापनपत्र

raj.jpg

मुगु । जिल्ला अस्पातल मुगुलाई १५ शैयाबाट ५० शैयाको बनाउन मागसहित कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष ज्ञापनप्रत्र पेश गरिएको छ ।

बिहीबार जिल्ला अस्पताल मुगुमा मुख्यमन्त्री शाहीलाई स्वागत गर्दै अस्पताल विकास समितका अध्यक्ष गजेन्द्रबहादुर मल्लले मुख्यमन्त्री शाहीलाई अस्पतालको स्तरवृद्धि १५ शैयाबाट ५० शैया बनाउन पहलको लागि ज्ञापनप्रत्र बुझाएका हुन् । २०६३ सालबाट प्रथामिक स्वास्थ्य केन्द्रको सेवाबाट सूचारु भएको जिल्ला अस्पताल मुगु १५ शैयाको मान्यताका साथ सेवा प्रवाह भइरहेको छ ।

कोरीयाली संस्था कोइएकाले सुविधासम्पन्न अस्पताल भवन निर्माण गरेको र केही आवश्यक उपकरण पनि सहयोग गरेकाले जिल्ला अस्पताल १५ शैयाको मान्यता पाएको भए पनि हाल ५२ शैयासम्म सञ्चालन गरेका अस्पताल विकास समितका अध्यक्ष गजेन्द्र बहादुर मल्लले बताए ।

318510496 1116369729241910 989916640926663681 n 1024x576 1

सुविधासम्पन्न अस्पातल भवन छ । दुई जिल्ला मुगु र हम्लाका बिरामीको चाप जिल्ला अस्पतालमा हुने भएकाले कागजीरुपमा १५ शैयाको मात्र भएकाले ५० शैयाको लागि स्तरवृद्धि गर्न मुख्यमन्त्रीसँग पहल गर्न माग गरिएको अध्यक्ष मल्लले बताए ।

जिल्ला अस्पतालमा सरुवा विभागको छुट्टै भवन हुनुपर्ने भए पनि त्यो नभएकाले संँगै सेवा प्रवाह गर्दा बिरामी मर्कामा पर्ने गरेका छन् । त्यसको लागि पनि बजेट व्यवस्थासहितको माग गरिएको छ । जिल्ला अस्पतालमा खानेपानीको समस्यादेखि चिकित्सक आवास गृह पनि जिर्ण भएको ज्ञापनप्रत्रमा उल्लेख गर्दै त्यसका लागि पनि बजेट वयवस्थापनको माग गरिएको छ ।

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान भए पनि सञ्चालनमा छैन । अक्सिजन प्लान्ट सिलिन्डर व्यवस्थापन तथा ढुवानीका लागि बजेट व्यवस्थापन गर्न, जिल्ला अस्पतालमा औषधि प्रयाप्त छैन, औषधि आपूर्तिका लागि बजेट व्यवस्थालगायत अस्पताल घरेवार कर्मचारीको दरबन्धि माग र करार कर्मचारीका सेवासहित मुख्यमन्त्री शाहीलाई पहल गर्न मागसहित ज्ञापनप्रत्र बुझाएको जिल्ला अस्पताल मुगुका अध्यक्ष मल्ले बताए ।

यसैबीच नेपाल निजामती कर्मचारी युनियन मुगुले पनि कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीसमक्ष विभिन्न माग राख्दै प्रत्र पेश गरेको छ ।

सडक र पुल हस्तान्तरण

बेलायत सरकारको आर्थिक सहयोग तथा ग्रामीण पहुँच कार्यक्रम र्याप थ्रिले निर्माण सम्पन्न गरेको गमगढी चंखीले हुँदै दार्मा देउलीसम्मको सडक तथा पुल प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।

मुगु र हुम्ला जोड्ने ६७ किलोमिटर लामो सडक मुगु–हुम्ला लिकं रोड तथा त्यही सडकका विभिन्न खोला निर्माण भएका ४ वटा पुल प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र बेलायती राजदूत निकोला पोलिट बुधबार बेलायत सरकारको आर्थिक सहयोग तथा ग्रामीण पहुँच कार्यक्रम र्याप थ्रिले निमाण गरेका सडक तथा पुल हस्तान्तण कार्यक्रममा मुगु आएका र बेलायत सरकारको तर्फबाट बेलायती राजदूत निकोला पोलीट र कर्णाली प्रदेशको तर्फबाट मुख्यमन्त्री शाही उपस्थित भएका थिए ।

हस्तान्तरण कार्यक्रमा बोल्दै बेलायती राजदुत पोलिटले यो सडकको निर्माणसँगै दुर्गम जिल्लाका नागरिकलाई राहत हुनेमा विश्वस्त रहेको बताइन् । बेलायत सरकाले मुगु जिल्लामा अन्य सडकको निर्माणमा पनि काम गरेको स्मरण गर्दै राजदूत पोलिटले सबैभन्दा लामो सडकका रुपमा मुगु र हुम्ला लिंक रोड रहेको बताइन् ।

मुख्यमन्त्री शाहीले यो सडक निर्माणमा सहयोग गर्ने दातालाई धन्यवाद दिँदै आफू पहिला–पहिला यहीँबाट हिँड्ने गरेको स्मरण गरे । उनले भौगोलिक विकटतासँगै हुम्लामा केही हदसम्म सडक सञ्जालमा जोडिएको बताए । बेलायत सरकारले निर्माण गरेका सडक पुल हस्तान्तण भइसकेकाले अब यो सडकको स्तर वृद्धिका लागि बजेट व्यवस्थापन गर्ने मुख्यमन्त्री शाहीले बताए ।

111111111111 703x1024 1
22222222222 667x1024 1