१६ चैत्र २०८०, शुक्रबार

फिल्म ‘सम्हालिन्छ कहिले मन’ फागुन २७ मा

samalinxa man

फिल्म ‘सम्हालिन्छ कहिले मन’ आगामी फागुन २७ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । सुदर्शन थापा निर्देशित फिल्मले शुक्रबार रिलिज मितिसहितको फस्टलुक सार्वजनिक गरी रिलिजबारे जानकारी दिएको हो ।

फिल्ममा पुजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन, गौरी मल्ल, सरोज खनाल र धीरेन शाक्यको अभिनय छ । मुस्ताङ, लण्डन र दुबईमा छायांकन गरिएको फिल्म अमित बस्नेतले निर्माण गरेका हुन् ।

फिल्ममा महेश दवाडीको कथा, सौरभ लामाको छायांकन, परी राना र अजितकुमार थापाको सह–निर्माण र सनिष खकुरेल कार्यकारी निर्माता छन् । अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी छ ।