१४ बैशाख २०८१, शुक्रबार

स्वास्थ्यमन्त्रीले भनेः नेपालमा गाँजा खुला गर्न कानुन संशोधन गर्दैछौं

Birodh Khatiwada
फाइल फोटो

स्वास्थ्यमन्त्री विरोध खतिवडाले औषधिजन्य प्रयोग र नगदे बालीका रूपमा गाँजा उत्पादनलाई सहजीकरण गर्ने गरी कानुन संशोधन गर्ने तयारी भइरहेको बताएका छन्।

गाँजालाई वैधानिक रूपले खुला गर्नुपर्छ भन्दै लामो समयदेखि वकालत गर्दै आएका स्वास्थ्यमन्त्री खतिवडाले अहिले भइरहेको कानुनमा एक-दुईवटा दफा संशोधन गरेर गाँजालाई लागुऔषधको श्रेणीबाट हटाउने जानकारी दिए।

नयाँ कानुन बनाउने होइन, अहिले भइरहेको कानुनमा एक-दुईवटा दफा संशोधन गर्ने हो, उनले भने, गाँजालाई लागुऔषध भनिएको ठाउँमा त्यसलाई संशोधन गरेर औषधिजन्य प्रयोजनका लागि र नगदे बालीका रूपमा व्यापार वा उत्पादन सहजीकरण गर्ने गरी कानुनमा संशोधन गर्ने हो।

अहिलेसम्म यो संशोधन प्रक्रिया पूरा भइसक्नुपर्नेमा विभिन्न राजनीतिक समस्याका कारण दलहरूबीच गम्भीर छलफल गर्न नपाएको र संसद बैठकसमेत अवरूद्ध रहेकाले ढिलाइ भइरहेको उनले बताए।