१४ बैशाख २०८१, शुक्रबार

आप्रवासी संकट गहिरिनुमा रुस दोषी रहेको पोल्याण्डको आरोप

poland police

पोल्याण्डले बेलारुससँगको सीमामा देखिएको आप्रवासी संकटमा रुसको संलग्नता रहेको आरोप लगाएको छ ।

पोल्याण्डका प्रधानमन्त्री माटेउस्ज मोरोविच्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिननै आप्रवासी संकटको मास्टरमाइण्ड भएको आरोप लगाए ।

उनले बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकाशेन्कोले आप्रवासी संकट थप बिगारिरहेको समेत आरोप लगाए । तर लुकाशेन्कोले यूरोपियन यूनियनको प्रतिबन्धको बदलामा आप्रवासीलाई सीमामा धकेलेको आरोपको खण्डन गरेका छन् ।

कठ्यांग्रिदो मौसमा सयौं आप्रवासी पोल्याण्डको सीमामा बसिराखेका छन् कतिपयले बलजफ्ती प्रवेश गर्ने प्रयास गरेका छन् । तिनीहरूमध्ये अधिकांश मध्यपूर्व र एशियाका रहेको जनाइएको छ ।

पोल्याण्डले बेलारुससंगको सीमामा अतिरिक्त सुरक्षा बल तैनाथ गरेको गरेको छ । पछिल्लो ३० वर्षमा आफ्नो सीमा सुरक्षामा क्रुर आक्रमण भएको उसको भनाइ छ ।

पोल्याण्ड, लिथुवानिया र लात्भियाले हालैका महिनाहरूमा बेलारुसबाट अवैध रूपमा आफ्नो देशमा प्रवेश गर्न खोज्नेहरूको संख्यामा वृद्धि भएको बताएका छन् ।

    सम्बन्धित समाचार...