२० मंसिर २०७८, सोमबार

यात्रुवाहक बस दुर्घटनापछि आगाे लाग्याे, १२ जना घाइते

618b5001b2c74 bus agaligi

तुलसीपुर दाङ्गबाट विराटनगरतर्फ जाँदै गरेको बस धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्ग दुर्घटना हुँदा बसको पूरै भाग जलेर नष्ट भएको छ भने १२ जना यात्रु घाइते भएका छन् ।

बुधबार बिहान ८ बजे ना ६ ख ७१०२ नम्बरको बसको सन्तुलन बिग्रेपछि सडकबाट तल खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

सडकबाट तल खसेको बसमा आफै आगो लागेको इप्रका ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताउनुभयो । उहाँले पल्टिने क्रममा तेल टंयाकी फुटन गई बसमा आगो लागेको प्रारम्भिक अनुमान गरिएको भन्नुभयो ।

बसमा सवार यात्रुमध्ये १२ जना घाइते भएको छ । घाइतेहरुको नाम ठेगाना तत्काल खुल्न सकेको छैन । तर घाइते हुनेमा सात जना महिला, चार जना पुरुष र एक जना बालक रहेको प्रनि सुवेदी जानकारी दिनुभयो । घाइते मध्ये १० जनाको पुष्पवलपुर स्थित एक निजी स्वास्थय उपचार केन्द्रमा दुई जनाको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ भने बाँकी यात्री सकुशल छन ।

बसमा लागेको आगो ढल्केबरस्थित दंगा नियन्त्रण गणका सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय ढल्केवर जनपद प्रहरीले बरुण यन्त्रको मद्दतले नियन्त्रण लिइएको छ । आगोमा परी अधिकांश यात्रुको समान समेत जलेर नष्ट भएको छ ।