१२ बैशाख २०८१, बुधबार

पार्टीको १० औं महाधिवेशनमा एमाले अध्यक्षमा उम्मेद‍्वारी दिने भीम रावलको घोषणा

bhimrawal1636465150

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आगामी मंसिर हुने पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

एमाले साँफेबगर नगर कमिटीको प्रथम बैठकमा बोल्दै रावलले एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा गर्नुभएको हो । कार्यकर्ताको भावना अनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको उहाँको भनाइ छ ।

अनेक क्षतिबीच अघि बढेको एमालेलाई महाधिवेशनबाट बलियो र एकताबद्ध बनाउनु पर्नेमा उहाँको जोड छ ।

उहाँले कार्यकर्ताको आवाजलाई कमजोर हुन नदिने बताउनुभएको छ ।

नेकपा एमाले साँफेबगर नगर संगठन कमिटीका अध्यक्ष ललित कुँवरको अध्यक्षतामा भएको कार्यक्रमका नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य हर्क बहादुर कुँवरलगायत सहभागी हुनुभएको थियो ।